NEWS

Deprecated: Function eregi() is deprecated in /home/hill321/public_html/upload/inc/functions.inc.php on line 20

Deprecated: Function eregi() is deprecated in /home/hill321/public_html/upload/show_news.php on line 41

Deprecated: Function eregi() is deprecated in /home/hill321/public_html/upload/inc/shows.inc.php on line 54

Deprecated: Function eregi() is deprecated in /home/hill321/public_html/upload/inc/shows.inc.php on line 54

Deprecated: Function eregi() is deprecated in /home/hill321/public_html/upload/inc/shows.inc.php on line 54
• नेपालमा २४ घंटा बत्तीको उपयोग
Update : 26 Mar 2009
मुलुकलाई लोडसेडिङको समस्याले पिरोलिरहेका बेला अठार वर्ष ननाघेका विद्यार्थीहरूले आफ्नै लगानी र मिहिनेतमा काठमाडौँ कालीमाटीस्थित एउटा अग्लो भवनको छतमा वायु पङ्खाबाट बिजुली उत्पादन गरेका छन् ।

मुलुकलाई लोडसेडिङको समस्याले पिरोलिरहेका बेला अठार वर्ष ननाघेका विद्यार्थीहरूले आफ्नै लगानी र मिहिनेतमा काठमाडौँ कालीमाटीस्थित एउटा अग्लो भवनको छतमा वायु पङ्खाबाट बिजुली उत्पादन गरेका छन् । इन्जिनियरिङ विषय लिएर स्नातक तह दोस्रो वर्षमा पढ्दै गरेका छ जना विद्यार्थीको टोलीले दुई वर्षको अथक् मिहिनेत र प्रयासपछि हावाबाट बिजुली उत्पादन गर्न सफलता प्राप्त गरेका हुन् ।

बेलायतका वैज्ञानिकद्वय दान फर्ेन्क र ब्याटम्यानसँगको इन्टरनेट सहयोग, सुझाव तथा काठमाडौँ इन्जिनियरिङ क्याम्पसका अध्यापक अखिलेश्वर मिश्र र रमेश श्रेष्ठको प्रत्यक्ष मार्गनिर्देशन अनुसार विद्यार्थीले नेपालमा पाइने सालको काठका पाता र दुईवटा म्याग्नेट रोटर निर्माण गरी हाल ३५० किलोवाट बिजुली उत्पादन गरेका छन् ।

बैतडीका ललितसिंह रावलदेखि बागलुङका पवन तिवारीका अभिभावकले गाउँबाट पठाएको रकमले महिनाभरि धान्नुपर्ने विवशताका यी विद्यार्थीले यो प्रविधि विकासमा भोगको पीडा भने कम छैन । करिब तीन लाख रुपियाँको लागतमा निर्माण गरिएको यस कार्यमा विद्यार्थीहरूले आˆनो पाकेट खर्च कटाएर बचाएको पैसा लगाएको बताएका छन् ।

रातदिन, भोक प्यास नभनी मकवानपुरको फाखेलमा परीक्षण गर्दा वैज्ञानिकद्वयले भनेझैँ उपलब्धि हासिल भएपछि विद्यार्थीहरूले काठमाडौँलाई बिजुली उत्पादनका लागि स्थल छनोट गरेका हुन् ।

टोलीमा अन्य विद्याथीहरू अमृतसिंह थापा -तनहूँ, सुरज राई -धरान, अमृत ढकाल -झापा र दिप्ती देवान -मोरङ रहेका छन् । टोलीका सदस्य विद्यार्थी ललितसिंह रावलले भन्नुभयो- "यस विषयमा विज्ञहरूले कागजी रूपमा थुप्रै अध्ययन, अनुसन्धान गरेका छन् तर विद्युत् उत्पादन गरेर देखाउने हिम्मत हामीले गरेका छौँ ।"

एकैपटक ३५० किलोवाट बिजुली उत्पादन गर्न सफलता मिलेपछि विद्यार्थीहरूले एकस्वरमा गोरखापत्रसँग मङ्गलबार भन्नुभयो- "हामीलाई कुनै निकायले सहयोग गरे एक महिनाभित्रै पाँच सय किलोवाट बिजुली उत्पादन गरेर देखाइदिन्छौँ । केबल कागजी रूपमा अध्ययन गरेर पैसा पचाउने ठूला विज्ञहरूलाई यो हाम्रो चुनौती हो ।"

त्यही भवनको छतमा पाँच सय किलोवाट बिजुली उत्पादन गर्ने सपना किशोरहरूले बनाएका छन् । टोलीका सदस्य अमृतसिंह थापा भन्नुहुन्छ- "देशले यस्तो ऊर्जा सङ्कट भोगिरहेका बेला हामी स्थ्ाानीय स्रोत साधनको प्रयोगबाट पाँच सय किलोवाट बिजुली उत्पादन गर्ने योजनामा जुटेका छौँ ।"

काठमाडौँ उपत्यकाभित्र दिउँसो ११ बजेदेखि बिजुली उत्पादन गर्नसक्ने गरी हावा चल्ने गर्छ । दिनभरि हावाको माध्यमबाट उत्पादन भएको बिजुलीलाई एउटा ब्याट्रीमा चार्ज गरिराख्ने र लोडसेडिङका समयमा बत्ती, कम्प्युटर, ल्याब परीक्षणका कार्यहरू गर्ने गरिएको छ ।

बजेट वक्तव्यमा काठमाडौँ उपत्यका वरिपरिका डाँडाकाँडाबाट कम्तीमा २० मेगावाट बिजुली उत्पादन गर्ने उल्लेख छ । विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले करोडौँ रुपियाँ खर्च गरेर वायु ऊर्जा उत्पादनका लागि सम्भाव्यता अध्यययन गरेको छ । पकेट खर्च बचाएर जम्मा पारेको रकमले प्रविधिको विकास गर्ने हिम्मतिला यी विद्यार्थीहरूको भने कुनै निकायबाट हालसम्म 'स्यावासी' पनि नपाएको गुनासो छ ।

मन्त्रालयका सचिव उमेशप्रसाद मैनाली काठमाडौँ उपत्यका वरिपरि निकाल्ने वायु ऊर्जा निजी क्षेत्रलाई आकषिर्त गर्न ल्याइएको कार्यक्रम भएको बताउनुहुन्छ तर देशकै कर्णधार यी विद्यार्थीहरूलाई सहयोग गर्न सकिन्छ ? भन्ने प्रश्नको जवाफमा सचिव मैनालीले भन्नुभयो- "मन्त्रालयले 'टोकन' का रूपमा केही आर्थिक सहयोग गर्न सक्छ ।"

राष्ट्रका निधि विद्यार्थीलाई सम्बन्धित निकायले उचित सहयोग गर्नसके सरकारको एक वर्षभित्र २० मेगावाट बिजुली उत्पादन गर्ने योजना केही हदसम्म पूरा हुनसक्ने अध्यापकद्वय अखिलेश्वर मिश्र र रमेश श्रेष्ठ बताउनुहुन्छ ।

नेपालमा वायु ऊर्जाको प्रशस्त सम्भावना भए पनि विकास भने हुन सकेको छैन । सरकारसँग सम्भावना रहेका दर्जनौँ अध्ययन छन् । करोडौँ रकम खर्च गरेर तयार पारिएका ती अध्ययनलाई व्यवहारमा उतार्ने काम भने हालसम्म हुन सकेको देखिँदैन ।

Copyright © 2004/2005 Hill Point High School, All rights reserved, www.hillpoint.edu.np         Web Counter: